सुनिता थापाको जुनी जुनीलाई सार्वजनिक (भिडियोसहित)
पाेखरा | फागुन ११, २०८०
पोखरा: गायिका सुनिता थापाको नयाँ गीत र म्युजिक भिडिओ ‘जुनी जुनीलाई’ सार्वजनिक भएको छ । गीतमा सुनिता तथा राजेन्द्र बाराजुलीको स्वर रहेको छ ।
सुनिताको यो पहिलो गीत हो । यसअघि उनले केही ट्र्याकहरुमा गीत रेकर्ड गर्दै सामाजिक सन्जालमा पोस्ट गर्दै आइरहेकी थिइन । अष्ट्रेलियामा बसोबास गर्ने सुनिता गीत संगीतमा निकै समय बिताउने गर्छिन । पहिलो प्रयास बाट आफुलाई थुप्रै हौसला मिलेको आफ्नो अनुभव सुनाउदै हरेक पटक नेपाल आउँदा एउटा गीत रेकर्ड गर्ने मनसाय रहेको कुरा गीत सार्बजिकको अवसरमा बताइन ।
म्युजिक भिडिओमा गायिका सुनिता र खिम लामिछाने काजीको अभिनय छ । काजी पोखरामा रहेर सामाजिक कार्य गर्नुका साथै फोटोग्राफी र साहित्यमा रुची राख्छन । गीतको लेखन र संगीत टेक नारायण चापागाइले गरेका छन् भने एरेञ्ज राजेन्द्र बराजुलीको छ ।
युवाहरुमा हुने प्रेम तथा रोमान्सलाई गीतमा उनेर संगीत बद्द गरिएको छ भने सोही अनुसारको कथामा आधारित रहेर निर्देशक तारानाथ आचार्यले निर्देशन गरेका छन भने अनिस खड्काले छायाङ्कन गरेका छन ।
गीतमा मोडल रहेका खिम काजीले पोखरा फेवातालको सौदर्यलाई उजागार गर्ने उदेश्यले लकेसाइड गौरीघाट पेरिसरमा रहेको शिवजीको मन्दिर तथा अन्य लेकसाइड वरपरका द्रिश्यहरुलाई भिडियो समाबेश गरेको बताए । स्थाई घर पोखरा भएका महेन्द्र थापाले म्युजिक भिडियोको निर्माण देखी सार्बजनिक गर्ने काम गरेका हुन ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

